Categories: समाचार

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा ।

गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख रुपैयाँ बराबरका उपकरण उपलब्ध गराइएको छ । सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेमकुमार खत्रीको पहलमा गोरखा नगरपालिका–२ ताप्लेस्थित कोखेआहाले शहरी स्वास्थ्य केन्द्र र भिमसेन थापा गाउँपालिका–६ अश्राङस्थित शहिदस्मृति आधारभूत अस्पतालमा प्रयोगशालासम्बन्धी उपकरण हस्तान्तरण गरिएको हो ।

सम्भव नेपालका कार्यक्रम व्यवस्थापक उत्तम अधिकारीका अनुसार ग्रामीण क्षेत्रमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित अत्याधुनिक उपकरण उपलब्ध गराइएको हो ।

अश्राङस्थित अस्पतालले अब डिजिटल एक्स–रे, भिडिओ एक्स–रे, ईसीजी मेसिन तथा फ्रिज लगायतका उपकरणबाट सेवा दिन सक्ने भएको छ । यस्तै, कोखेआहाले स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालनका लागि आइएलआर मेसिन, यूएसजी मेसिन, इलेक्ट्रिक एनालाइजर र माइक्रोस्कोप जडान गरिने भएको छ ।

उपकरण उपलब्ध भएसँगै स्थानीय नागरिकले सामान्य स्वास्थ्य परीक्षणका लागि जिल्ला सदरमुकाम, चितवन वा काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा खत्रीले सम्बन्धित स्थानीय तह र स्वास्थ्य संस्थालाई उपकरण हस्तान्तरण गरेका हुन् । कोखेआहालेमा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना, उपमेयर सपना पुन, वडाध्यक्ष रहमतुल्ला मियाँ लगायत सहभागी थिए भने अश्राङमा भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जारा, उपाध्यक्ष अमृता वस्ती लगायतको उपस्थिति रहेको थियो ।

स्थानीय तहका प्रमुखहरूले उपकरणको प्रभावकारी उपयोग गर्दै छिट्टै सेवा सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सम्भव नेपालप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे ।

यसअघि पनि खत्रीकै पहलमा गोरखाका ११ स्थानीय तहले १३ वटा एम्बुलेन्स प्राप्त गरेका थिए । साथै आरुघाट आधारभूत अस्पतालमा करिब डेढ करोड रुपैयाँ लागतमा आधुनिक प्रयोगशाला स्थापना भई सञ्चालनमा रहेको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago