Categories: समाचार

२०७४ सालदेखि निरन्तर पूर्णखोप सुनिश्चितता कायम गर्दै आएको गोरखा पुनः घोषणा

गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखाको सभाहलमा आयोजित कार्यक्रममा घोषणा गरिएको हो। कार्यक्रम जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो।

गोरखा जिल्ला २०७४ चैत १ गते पहिलोपटक पूर्णखोप जिल्ला घोषणा भएको थियो। त्यसयता नेपाल सरकारको पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष घरधुरी सर्वेक्षण, तथ्यांक प्रमाणीकरण र अनुगमन गर्दै पूर्णखोपको अवस्था कायम राखिँदै आएको छ। कोभिड–१९ महामारीका कारण केही वर्ष नियमित घोषणा प्रक्रिया प्रभावित भए पनि पछिल्ला वर्षदेखि कार्यक्रमले पुनः निरन्तरता पाएको हो।

आर्थिक वर्ष २०८२/८३ मा गरिएको घरधुरी सर्वेक्षणअनुसार ०–१५ महिनाका २,७६४ जना र १६–२३ महिनाका १,७७५ जना बालबालिका भेटिएका थिए। तीमध्ये १६–२३ महिनाका सबै बालबालिकाले पूर्णखोप प्राप्त गरेका थिए भने ०–१५ महिनाका सबै बालबालिका नियमित खोप सेवामा रहेको पुष्टि भएको छ। सर्वेक्षणमा एक जना पनि ‘शून्य डोज’ (एकपटक पनि खोप नलगाएको) बालबालिका भेटिएन।

सर्वेक्षणका क्रममा आंशिक खोप छुटेका ६ जना बालबालिका पहिचान गरिएको थियो। उनीहरूलाई वैशाख–जेठ महिनाको नियमित खोप कार्यक्रममा समेटेर पूर्णखोप दिइएको र त्यसपछि जिल्ला खोप समन्वय समितिले सबै पालिकामा तथ्यांक प्रमाणीकरण तथा अनुगमन सम्पन्न गरेको थियो। अनुगमनमा खोपबाट छुटेका बालबालिका नभेटिएपछि प्रदेश खोप समन्वय समितिले असार २० गते घोषणा गर्न अनुमति दिएको थियो।

प्रतिवेदनअनुसार नेपालमा हाल १३ प्रकारका खोप नियमित रूपमा निःशुल्क उपलब्ध गराइँदै आएको छ। यस वर्षदेखि एचपीभी (HPV) खोप पनि नियमित खोप कार्यक्रममा समावेश गरिएको छ, जसले भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्यु घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago