Categories: समाचार

पालुङटारका ४ हजार ५८२ सामुदायिक विद्यालयका विद्यार्थीको दुर्घटना बिमा

गोरखा । पालुङटार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीको सामूहिक दुर्घटना बिमा गरेको छ।

विद्यार्थीको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरी बिमा कार्यक्रम लागू गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए।

सम्झौताअनुसार नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थी दुर्घटनामा परेमा अधिकतम ७० हजार रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध हुनेछ।

बिमा कार्यक्रमका लागि नगरपालिकाले प्रति विद्यार्थी १०५ रुपैयाँ बिमा शुल्क र २० रुपैयाँ टिकट शुल्क व्यहोर्ने व्यवस्था गरेको छ। बिमा दाबी भुक्तानी भने कम्पनीको नियमअनुसार हुने जनाइएको छ।

नगरपालिकाका अनुसार यस कार्यक्रमले विद्यार्थी र अभिभावकको आर्थिक जोखिम कम गर्नुका साथै सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago