गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–४ ताक्लुङ, बाँझोगरामा ८५ वर्षीया दिलमाया रानाको गरगहना लुटिएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार असार २३ गते राति करिब १०:३० बजे घरभित्र सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले कानमा लगाएको सुनको रिङ लुटेर फरार भएको थियो। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा पीडितकै साँहिलि बुहारी, सोही स्थानका ३५ वर्षीय झर्ना राना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। उनको साथबाट लुटिएको सुनको रिङ (थान–२) समेत बरामद गरिएको छ।
प्रहरीले झर्ना रानालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…