रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्।
भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालक बुटवल उपमहानगरपालिका–३ निवासी ३० वर्षीय सन्दीप बराल गम्भीर घाइते भएका थिए। उनको भिम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सात जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल मणिग्राम रिफर गरिएको छ। अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार भएका माइक्रोबस चालक तिलोत्तमा नगरपालिका–६ गणेशपुर निवासी ४६ वर्षीय छबिलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…
गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…
गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–४ ताक्लुङ, बाँझोगरामा ८५ वर्षीया दिलमाया रानाको गरगहना लुटिएको घटनामा प्रहरीले…
पोखरा । गण्डकी प्रदेशसभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने…
गोरखा । पालुङटार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीको सामूहिक दुर्घटना…
गोरखा प्रहरीले ट्रामाडोल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बिहीबार…