गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा पहिरोले घर बगाएका मानसिंह गुरुङलाई भेटेका छन्।
सांसद देवकोटासँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले बिहीबार गुरुङलाई भेटी घटनाबारे जानकारी लिएका हुन्।
भेटका क्रममा सांसद देवकोटाले पहिरो घटनाका विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग आफूले छलफल गरिसकेको र प्रदेश सरकारबाट सम्भव भएसम्म सहयोग हुने आश्वासन प्राप्त भएको बताए।
यसैबीच, उनीहरूले गोरखा नगरपालिका–११ तेह्रकिलो नजिक रहेको गोरखकाली फ्युल सेन्टरमा पहिरोले पुर्याएको क्षतिको पनि निरीक्षण गरेका छन्। लगातारको वर्षापछि आएको पहिरोले फ्युल सेन्टरमा क्षति पुर्याएको थियो।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…