गोरखा । गोरखा नगरपालिका–१२ भट्टफाँट र सहिद लखन गाउँपालिका–१ लाई जोड्ने लुदीखोला मोटरेबल पुलको शिलान्यास गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकास कार्यालय गोरखाको आयोजनामा शुक्रबार एक विशेष समारोहबीच गरेका छन्।
गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको यो पक्की पुल ७ करोड ५९ लाख ३० हजार ८५९ रुपैयाँ ३१ पैसा लागतमा गनेशकुन्द इन्फ्रास्ट्रक्चर एन्ड बिल्डर्सलाई ठेक्का दिइएको हो। पुल २०८४ असार २१ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पुल निर्माणपछि स्थानीयवासीको दैनन्दिन आवतजावत सहज हुने र गोरखाको प्रमुख धार्मिक स्थल मनकामना मन्दिर जाने भक्तजनका लागि यातायात अझ सुगम हुने अपेक्षा गरिएको छ।
शिलान्याससँगै क्षेत्रीय विकासका नयाँ सम्भावना खुलेको भन्दै स्थानीयवासीहरूले खुशी व्यक्त गरेका छन्।
