गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बारपाक सुलिकोट गाउँपालिका–६ मैलुङकी ७४ वर्षीया तिलकुमारी देवकोटा भान्साकोठामा रहेको अवस्थामा २०८० जेठ ८ गते राति ९ः४५ बजे राजन दर्जीसहितका व्यक्तिले धनमाल तथा गरगहना चोरी गर्ने र लुट्ने उद्देश्यले उनको आँखा र मुख छोपेर घाँटीमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए।
घटनामा संलग्न व्यक्तिहरूमाथि ज्यान मार्ने उद्योग र डाँका उद्योग मुद्दा चलाइएको थियो। सोही घटनामा फरार रहेका बारपाक सुलिकोट गाउँपालिका–४ आमडाँडा निवासी बुढा लालबहादुर दर्जी र आमाहिमाया दम्फेको छोरा २७ वर्षीय राजन दर्जीलाई प्रहरीले २०८३ साउन २८ गते पक्राउ गरेको हो।
पक्राउ परेका दर्जीलाई आवश्यक कानुनी कारबाहीका लागि गोरखा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…
गोरखा। वर्षौँसम्म गाउँ–सहरका सडकमा गीत गाएर जीविकोपार्जन गर्दै आएका गोरखाको पालुङटार नगरपालिका–४ ठाँटीचौरका जङ्गबहादुर घर्ती…