२०८३ कात्तिक ३० गते ।
बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
सोमबार टुमेडाबाट हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ७९९८ नम्बरको अटो करिब ९ सय मिटर तल भीरमा खस्दा ३५ वर्षीया राजमति महरा, उनका ७ वर्षीय छोरा रियास, २ वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको मृत्यु भएको हो।
अटोमा सवार भतिजा विक्रम महराले हाम फालेर ज्यान जोगाएका छन् भने चालक टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दशैं–तिहारको बिदामा घर आएका उनीहरू पढाइका लागि डडेल्धुरा जान लागेका बेला दुर्घटनामा परेका हुन्। एकै परिवारका चार जनाको मृत्यु भएपछि बुङ्गल–१० शोकमा डुबेको छ।
२०८३ कात्तिक २९ गते । मुगुमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ…
गोरखा । २०८३।०७।२२ गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमबाट दुई महिलासहित एक नवजात शिशुको नेपाली सेनाको हेलिकप्टरमार्फत…
गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–१ साम्दोस्थित दिन्द्रुक खोलामा सुक्खा पहिरो खस्दा करिब २०० मिटर लामो ताल…
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…