बझाङमा अटो दुर्घटना : एकै परिवारका चार जनाको मृत्यु, गाउँ शोकमा

समाचार

२०८३ कात्तिक ३० गते ।


बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

सोमबार टुमेडाबाट हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ७९९८ नम्बरको अटो करिब ९ सय मिटर तल भीरमा खस्दा ३५ वर्षीया राजमति महरा, उनका ७ वर्षीय छोरा रियास, २ वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको मृत्यु भएको हो।

अटोमा सवार भतिजा विक्रम महराले हाम फालेर ज्यान जोगाएका छन् भने चालक टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दशैं–तिहारको बिदामा घर आएका उनीहरू पढाइका लागि डडेल्धुरा जान लागेका बेला दुर्घटनामा परेका हुन्। एकै परिवारका चार जनाको मृत्यु भएपछि बुङ्गल–१० शोकमा डुबेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *