सामाजिक

गोरखा नगरपालिका भित्रै अहिले पनि धामीझाँक्रीको बिश्वास

विराज त्रिपाठी

२०७९।०३।२७  गोरखा नगरपालिका वडा १० का वडाअध्यक्ष प्रदिप कुवर आज अपाङ्ग महिलाको स्वास्थ स्थित ज्यादै कम्जोर भएका कारण अनुगमन गर्न अपाङ्ग महिलाको घर जानू भएको थियो ।

सामाजिक संजाल मार्फत अपाङ्गको स्वास्थ्य स्थिति ज्यादै कम्जोर भएको खबर पश्चात् नै अनुगमन लाई जानु भएको थियो ।

अनुगमनमा गोरखा नगरपालिका वडा १० मा स्थित क्रियटिभ युथ क्लबका सदस्यहरुको पनि सकृयता रहेको थियो ।अनुगमन को क्रममा परिवार बाट उपचार का लागि अस्पताल भन्दा पनि धामीझाँक्रीको आशा मा बसेको देखिएको अध्यक्ष कुवरले जानकारी दिनु भयो । उक्त अपाङ्ग महिला का पिता अनुसार उपचार का लागि गोरखा अस्पताल लगिएको र अस्पताल बाट स्वास्थ्य स्थित ज्यादै कमजोरी का कारण रिफर गरिएको थियो । रिफर पश्चात् भरतपुर स्थित cmc मा उपचार का लागि लगिए पनि उपचार गर्न icu मा राख्न पर्ने हुँदा आर्थिक अवस्था का कारण फिर्ता लेराउनु परेको पिता रामचन्द्र थापा ले जानकारी दिनु भयो ।

अनुगमन कै क्रममा स्वास्थ्य स्थिति कम्जोर र स्याहार राम्रोसँग नगरेको कारणले घाउखटिरा पनि बिग्रन थाले पस्चात अध्यक्ष द्वारा गोरखा नगरपालिका वडा १० मा स्थित क्षपेटार आधारभूत स्वास्थ्य केन्द्र मा खबर गरि कर्मचारी बिकास थापा उपस्थित हुनु भएको थियो ।

थापा अनुसार महिला हात खुट्टा कुनै पनि चलाउन नसक्ने अबस्था मा भएको कारण ले गर्दा स्थिति ज्यादै नै गम्भीर भएको जानकारी दिनुभयो । साथै अपाङ्गको स्याहार तथा सरसफाइ पनि राम्रो संग नगरेको हुनाले घाउ बिग्रन पनि थालेको  अबस्था रहेको र उपचार सरसफाइ केहि नगरी धामीझाँक्री मात्र लगाएको जानकारी दिनु भयो । साथै थापा द्वारा अपाङ्ग मैत्री संस्था हरियो खर्क मा रिफर गर्दिनु भएको छ र केही दिन मा हरियो खर्क संस्था बाट नै महिला को थप उपचार गर्ने जानकारी दिनु भयो ।

गोरखा नगरपालिका वडा १० का वडाअध्यक्ष प्रदिप कुवर भन्नू हुन्छ  “आर्थिक अबस्था कै कारण कोहि मर्नु बाध्यता नहोस र अहिलेको अबस्थामा पनि शिक्षा तथा जानकारी को कमिले धामीझाँक्रीको र पार्थना को भरोसामा बस्नु नपरोस्” साथै वडा १० का सम्पुर्ण जनसमुदाय लाई कार्यालय तर्फ बाट होस अथवा ब्यक्तिगत तर्फबाट जुनसुकै परिस्थितिमा पनि सहयोगको प्रतिबद्धता गर्नुभएको छ ।

गोरखा नगरपालिका वडा १० कार्यालय जानकारी अनुसार अपाङ्ग महिलाको नाम रबिना थापा हुन भने पुर्ण अपाङ्ग “क” बर्गको कागज भइ अपाङ्ग भत्ता पिता बाट लिदै आएको छ ।

साथै अपाङ्ग महिलाकि बैनी र आमाले पनि अपाङ्ग महिलाकि पिता लाई आरोप लगायको छ । बैनी र आमाले दिइएको जानकारी अनुसार अपाङ्ग महिलाको लागि उपचारका लागि धेरै नै खर्च हुने हुँदा खर्चको लोभ ले गर्दा उपचार बाट जानी-जानी पिता बाट नै उपचार नगराएको भनाइ रहेको छ । समाजमा आर्थिक अबस्था कम्जोर भएर उपचार नगराएको भने पनि आर्थिक अवस्था खासै कमजोरी भने नरहेको बैनी र आमा बाट जानकारी आएको छ । अपाङ्ग भएको कारणले नै गर्दा उपचारका लागि पिताको हेल्चेक्राइ गरेको आरोप लगाइएको छ । छोरीको अपाङ्ग भत्ता लिने र छोरीको लागि उपचार सरसफाइ आदि गर्न नखोजेको र महिला तथा अपाङ्ग भएकै कारणले उपचारका लागि वास्ता नगरी पारिवारिक महिला हिंसा भएको आरोप समेत लगाएको छ । अपाङ्ग लाई बैनी नाता पर्ने सोमा थापा ले १२ बर्ष हेरचाह गरेको र अब पनि म नै हेर्छु भन्नी माग आएको छ । साथै सम्बन्धित निकाय बाट अनुगम गरि सत्य तथ्य खोज्न समेत  आग्रह गरेको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago