Categories: समाचार

सेवामा धमाधम स्तरोन्नति गर्दै गोरखा अस्पताल :अव जिल्ला बाहिर जान नपर्ने

विराज त्रिपाठी

२०७९ भाद्र १७: विगतका दिनहरुमा गोरखा जिल्लाको सदरमुकाम स्थित गोरखा अस्पतालको छवि भने त्यति राम्रो रहेको छैन । अस्पतालमा उपचार गर्न आउँदा सामान्य उपचारका लागि पनि अस्पताल बाटै बाहिर रिफर गर्दिने हुनाले अहिले उपचारका लागि गोरखा अस्पतालमा नगई सिधै चितवन काठमाण्डौ लैजाने गरेको एम्बुलेन्स चालकहरु बताउँछन । एक सेवाग्राहीका अनुसार सामान्य हातखुट्टा ह्(च्ब्थ् का लागि पनि बाहिर मेडिकल नै जानुपर्ने बाध्यता रहेको थियो । अपे्रसनको त कुरै नगरौँ ।

आर्थिक अवस्था सक्षम अथवा खर्च गर्न सक्ने र सदरमुकाम नजिकका सेवाग्राहीका लागि सहज थियो नै तर गोरखाका टाढा – टाढा बाट गोरखा अस्पताल आउने आर्थिक अवस्था कमजोर रहेका सेवाग्राहीलाई भने त्यति सहज थिएन । गाउँबाट गोरखा अस्पताल धेरै झनजट मा लेराउन पर्ने र उपचारका साधन तथा डाक्टरको कमीले गर्दा चितवन काठमाण्डौ लैजान पर्ने बाध्यता थियो । एक सेवाग्राहीका अनुसार गोरखा जिल्ला अस्पताल भन्दा बाहिरको मेडिकलमा नै सेवा सुविधा धेरै छ । कीन आउनु अस्पताल लाईन मात्र बस्न ?

गोरखा अस्पतालको नयाँ भवन निर्माण सँगै बर्तमान समयमा भने गोरखा अस्पतालले धमाधम सेवामा स्तर उन्नति गर्दै गएको छ ।

अस्पतालबाट ठुलै स्तरमा सेवा सुविधा दिनका लागि सुरुवातिमा नै २०७९ भाद्र ७ गते मंगलबारका दीन एकजना विरामीको हेमोडायलासिस गरेर सेवा सुरु गरिएको थियो । पहिलो पटक मृगौलाको डायलासिस, अन्य अस्पतालमा गराएका र निरन्तर सेवा लिनुपर्नेका लागि अस्पतालमा नै डायलासिस सेवा सुरु भएको थियो । उक्त सेवा अस्पतालले निशुल्क दिएको छ ।

त्यसै गरी अस्पतालले २०७९ भाद्र १६ गते विहीबारका दीन थाइराइड परीक्षण सेवा पनि सुरु गरेको थियो । थाइराइड हर्मोन परीक्षणका लागि चितवन, काठमाण्डौ जानपर्ने बाध्यतालाई पनि अस्पतालले छुटकारा दिएको थियो । तत्कालका लागि अस्पतालले हप्तामा मंगलबार र शुक्रबार गरी २ दिन मात्र थाइराइड परीक्षण गर्ने गरेको छ । उक्त सेवाका लागि गोरखा अस्पतालले अन्य अस्पताल भन्दा सुपथ रहेको दावी गर्दै थाइराइड परीक्षणको शुल्क रु नौ सय निर्धारण गरेको छ ।

साथै २०७९ भाद्र १७ गते शुक्रबार पनि गोरखा अस्पतालले थप सेवा प्रदान गर्न हाडजोर्नी सम्बन्धि समस्या तथा नसा सम्बन्धि समस्याको परिक्षण र उपचार सेवा थप गरेको छ । हाडजोर्नी तथा नसा सम्बन्धि उपचारका लागि जिल्ला बाहिर जानपर्ने बाध्यता अहिले हटेको छ् ।

साथै अस्पतालले विरामी, घाइते तथा सुत्केरीको शल्यक्रियाको सुविधामा पनि विकास गरेको छ । अस्पताले अहिले एकै चोटी दई जना विरामी, घाइते अथवा सुत्केरीको शल्यक्रिया गर्न सक्ने दुईजना जनरल सर्जन र एनेस्थेसियोलोजिस्ट जनशक्तिको विकास गरेको छ ।

शल्यक्रिया गर्नुपर्ने विरामी, घाईते तथा सुत्केरीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यतालाई अहिले अस्पतालमा नै सम्भव गरेको छ ।

गोरखा अस्पतालमा रहेको शवगृहमा मर्चुरी च्याम्बर पनि सञ्चालनको तयारी गरिएको अस्पतालले जनाएको छ । ‘शवलाई लामो समयसम्म चिस्यान गराई राख्नका लागि मर्चुरी च्याम्बर पनि अबको एकदुई दिनमै सञ्चालन गर्दैछौँ’, सूचना अधिकारी ढकालले भने, ‘स्रोत साधन तयार छ । अस्पताल सञ्चालक समितिले अब कसरी सञ्चालन गर्ने भनेर मोडालिटी वनाउँदै छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago