विराज त्रिपाठी
गोरखा: गोरखा नगरपालिका वडा १० को कार्यालयले सेवा बिस्तार गरि दुई ठाँउ बाट सेवा दिने भएको छ । छेपेटार स्थित साझा भबनमा आज बाट सेवा बिस्तार गर्न गोरखा नगरपालिका का उपप्रमुख मसली माया थोक्कर (सपना पुन) बाट उद्घाटन गरिएको छ । भौगोलिक आधारमा गोरखा नगरपालिका वडा १० जनसंख्याको आधारमा बिरेन्चोक र छेपेटार गरि दुई ठाँउमा बिभाजित रहेको छ । नागरिकता जस्ता कामका लागि बाटो पर्ने भएता पनि वडा बाट हुने सामान्य काम का लागि पनि बिरेन्चोक जानपर्ने हुँदा वडा कार्यालय ले वडा १० का सेवाग्राहीका लागि यस्तो योजना लेराइएको वडा कार्यलयका अध्यक्ष प्रदिप कुन्वरले जानकारी दिनु भयो ।
कुन्वरका अनुसार भगौलिक हिसाबले फरक ठाँउ भएकै कारण बिरेन्चोक तथा छेपेटारका सेवाग्राहीलाई वडा कार्यलय कता हुने दुबिधा बाट बन्चित गर्न र सेवा सुबिधा पनि बराबर दिने र सेवाग्राही लाई हामी बाट अथवा कार्यलय बाट पाउने सेवाको अभाव महसुस नगराउने हाम्रो प्रतिबद्धता रहेको जानकारी दिनु भयो ।
आइतबार, मगलबार, बिहिबार छेपेटार स्थित साझा को सेवा कार्यालय बाट रहने र सोमबार, बुधबार र शुक्रबार बिरेनचोक स्थित वडा कार्यालय बाट हुने साथै सेवा संचालन हुने सबै दिन बिरेनचोक कार्यालय खुला रहने गोरखा नगरपालिका वडा १० का कार्यालय सचिब प्रकाश ढकालले जानकारी दिनु भयो ।
उक्त कार्यक्रम गोरखा नगरपालिकाका उप प्रमुख , नगरपालिका भित्रका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
View Comments
Good For oda 10