समाचार

ओलीलाई कालो झण्डा देखाउने १२ जना पक्राउ

जनकपुरधाम, असाेज ८ गते

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ परेका छन् । अध्यक्ष ओली जनकपुर विमानस्थलबाट बाहिरिने क्रममा उनलाई केही युवाले कालो झण्डा देखाउने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुर विमानस्थलबाट रेलवे स्टेशन जाने क्रममा कालो झण्डा देखाउने प्रयास गर्दा प्रहरीले उनीहरुलाई सिटी अस्पताल जाने सडकमा रोकेको थियो ।

नागरिकता विधेयक एमाले अध्यक्ष ओलीकै कारण प्रमाणीकरण नभएको भन्दै उनीहरुले कालो झण्डा देखाउने तयारी गरेका थिए । यसअघि भदौ २७ गते ओली जनकपुरधाम आउँदा पनि प्रहरीले पाँचजना युवालाई कालो झण्डा देखाउने प्रयास गरेका कारण नियन्त्रणमा लिएको थियो । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै मधेशवादी दलहरु पाँच दिनदेखि मधेसका जिल्लाहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रर्दशन गरिरहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन ओली जनकपुर पुगेका छन् । यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । १८ दिनपछि उनी पुनः जनकपुर पुगेका छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago