गोरखा । गोरखाको मतगणना अझै सुरु भएको छैन । मत पेटिका ओसारेर नसकिएको र एमालेले पुन मतदान गर्न माग गरेका कारण गोरखाको मतगणना सुरु हुन नसकेको छैन । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेबाट आएको उजुरीको बारेमा छानविन पछि मात्र गणना सुरु हुने जनाएको छ ।
निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नेकपा एमाले गोरखाले दुवै क्षेत्रका केहि मतदान केन्द्रहरुमा पुन: मतदानको माग गरेको छ ।
आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेले लाेकतान्त्रिक बाम गठबन्धनबाट गोरखा–१ र २ का केही केन्द्रहरुमा मृतक, अनुपस्थित मतदाताहरुको नामबाट मतदान गर्ने र अन्य उम्मेदवारका मतदान प्रतिनिधिमाथि हातपात गर्नेजस्ता अवाञ्छित कृयाकलाप भएको भन्दै पुन मतदानकाे माग गरेकाे हाे ।
गोरखा क्षेत्र नम्बर १ अन्तर्गत विन्द्रावती मावि मसेल, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा, आरुघाट गाउँपालिका–१ मान्वु, धार्चे–३ को पार्वती आधारभूत विद्यालय, गोरखा–२ अन्तर्गत सिरानचोक गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय, वारपाक सुलिकोट गाउँपालिकाको हिमालय मावि सौरपानी, सूर्योज्योति मावि ताकुमा निर्वाचन विरोधी क्रियाकलाप भएको नेकपा एमालेले जनाएको छ ।
उत्त मतदान केन्द्रमा भएका घटनाको निष्पक्ष छानबिन गरी पुन: निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…