पालुङटारको मतदान केन्द्रमा दोहोर्‍याएर मतदान

समाचार

गोरखा क्षेत्र नम्बर -२ को पालुङटार- ७ जिवन ज्योती मावि मतदान केन्द्रमा दोहोर्‍याएर मतदान भएको छ। त्यहाँ खटिएका कर्मचारीले मतदातालाई प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएपछि पुन मतदान हुने भएको हो।

३३ जनाले मतदान गरेपछि यो कुरा पहिचानभएको हो। ३३ जनाले प्रतिनिधिसभामा पनि प्रदेशसभाकै मतपत्रबाट मतदान गरेकाले एउटा मतपत्र पुन दिएर उनीहरुलाई मतदान गराउने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *