गोरखा क्षेत्र न २ प्रतिनिधि सभा सदस्यीय चुनावमा फराकिलो मतान्तर सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिजयी हुनु भएको छ ।
सुरुवात देखि नै अग्रता लिदै आउनु भएको प्रचण्डले आफ्ना निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटिलाई १३४६५ फराकिलो मतान्तरले हराउनु भएको हो । सो क्षेत्रमा खसेको कूल ५४ हजार ३१ मत मध्ये प्रचण्ड एक्लैले २६ हजार १०३ मत ल्याएर विजयी हुनु भएको छ । उहाले कूल मतदानको तुलनामा ५१ प्रतिशत मत आफ्नो पक्षमा पार्नु भएको छ ।
उहाँको निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटिले १२६३६ प्राप्त गरि दोस्रो स्थानमा हुनु हुन्छ र त्यस्तै नेकपा एमालेका उम्मेदवार सलाम मियाले ७३९२ मत प्राप्त गरि तेस्रो स्थानमा हुनु हुन्छ ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…