गोरखाको ८ वटा पालिकाको एकसय वटा विद्यालयमा रुम टु रिड कार्यक्रम लागु भएको छ । बालिका शिक्षा कार्यक्रम भने १४ वटा विद्यालयमा लागु भएको परियोजनाका सिनियर कार्यक्रम अधिकृत एलबी खड्काले जानकारी दिनु भयो ।
कार्यक्रम लागु भएका विद्यालयको कक्षाकोठाभित्रै बुक कर्नर छन् । उनीहरुले पाठ्यपुस्तक बाहेकका किताब पनि पढ्न पाउँछन् । चित्र सहितको किताब पढ्न पाउँदा उनीहरु खुसी हुने गरेको अनुभव शिक्षकहरु सुनाउछन ।
शिक्षकको क्षमता विकासका लागि तालिम, कक्षाकोठा तथा पुस्तकालय केन्द्रित गतिविधिलाई चुस्त दुरुस्त राख्नका लागि सहजकर्ताबाट नियमित अनुगमन तथा सहयोगले विद्यालयमा साक्षर वातावरण सिर्जना गर्न मद्दत पुगेको उहाले जानकारी दिनुभयो ।
सो कार्यक्रम अन्तरगत आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु पनि उपलब्ध गराउदै आएको छ । त्यस्तै, बालिका शिक्षा लागु भएको विद्यालयहरुमा बालिकाहरुलाई जीवनउपयोगी, सकारात्मक सोचको विकास गर्ने, सहि निर्णय लिन सक्ने क्षमताका विकास गर्ने र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने खालका ज्ञान दिने बालिका शिक्षा कार्यक्रम अधिकृत ज्योति आचार्यले बताईन् ।
रुट टु रिड परियोजनाले साक्षरता, बालिका शिक्षा कार्यक्रम लागु भएका विभिन्न विद्यालयका शिक्षकहरुलाई तालिम र विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री सहयोग गर्ने गरेको छ । गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, अजिरकोट, सिरानचोक, भिमसेन थापा, गण्डकी, शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकामा साक्षरता कार्यक्रम संचालन भएको छ । रुम टु रिड द्धारा संचालित यो परियोजना गोरखामा एकिकरण नेपालको सहकार्यमा विद्यालयले कार्यान्वयन गरिरहेको छ ।
रुम टु रिडका सिनियर कार्यक्रम अधिकृत एलपी खड्काले तिन चरणमा ६ जना शिक्षकलाई तालिम दिएको बताउनु भयो । उहाका अनुसार जिल्लाभर १४ जना साक्षरता सहजकर्ताका रुपमा खटिएका छन् ।
न्यून आय भएका समुदायका बालबालिकामा साक्षरता सीप र पढ्ने बानीको विकास तथा बालिकाहरूका लागि जीवन उपयोगी सीप विकासमा रुम टु रिडले काम गरिरहेको जनाएको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…