सामाजिक

गोनपाद्वारा उत्कृष्ट कार्य गर्ने संस्थाबाट सम्मानित सहकारीको वार्षिक साधारण सभा सम्पन्न

विराज त्रिपाठी

मङ्सिर २३। गोरखा नगरपालिका भित्र महिलाले नेतृत्व गरेको सहकारी संस्था मध्ये गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लि. को २९ औं वार्षिक सााधरण सभा गोरखा नगरपालिकाको प्रमुख कृष्ण रानाको प्रमुख आथिथ्यता मा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना उप – प्रमुख मसली माया थोक्कर पुन, गोरखा नगरपालिका वडा १० का अध्यक्ष प्रदिप कुन्वर, नेपाली काङ्ग्रेसका जिल्ला सचिब किस्वर जंग थापा तथा श्री रत्न राज्य मा.बि. का प्रधानध्यापक तेज बहादुर नेपालीको उपस्थिति रहेको थियो ।

२०४९ सालमा स्थापना भएको उक्त सहकारी संस्थाले गोरखा नगरपालिका गोरखा द्वारा उत्कृष्ट कार्य गर्ने सहकारीको रुपमा सफल भइ यस बर्ष पनि रु.५०,०००।- नगत पुरस्कार सहित सम्मान पत्र ग्रहण गर्न सफल भएको संस्था हो ।

संस्थाका अध्यक्ष बेत्रावती बगालेका अनुसार गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारीको मर्म र भावनालाई आत्मसाथ गरि सबै वर्ग, तह र क्षेत्रलाई समेटि सामुहिक हित र उन्नतिमा सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई अंहिकार गरि समुदायमा गरिब, एकल तथा सामाजिक रूपमा पछी परेका बिशेष गरि महिलाहरुको लागि सिपमुलक तालिम र ब्यबसाय गरि आत्मनिर्भर बन्नको लागि समुहगत रुपमा वास्तविक पहिचान दिने अभिप्रायले संस्थाले समुह र क्षेत्रीय अबधारणाको बिकास गरि सहकारी अभियानमा समर्पित भै कार्य गर्दै आइरहेको जानकारी दिनु भयो ।


संस्थाका अध्यक्ष बगाले भन्नुहुन्छ,”हामी २५ जना महिला साथीहरु मिलेर २०४९ सालमा घर घरमा २५ रुपैया संकलन गरि यो संस्था संचालन मा लेराएको थियौ अहिले यहि संस्थाले महिलाहरु लाई व्यावसाय गरि आत्मनिर्भर बनाउन सहयोग गरिरहेको छ र भबिस्यमा पनि गरि रहेने छ भनी प्रतिबद्धता गर्दछु ।”

संस्थाका अध्यक्ष बगाले गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लि.को संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago