सामाजिक

गोरखामा बर्षौ देखि अलपत्र सुचना पाटिले सदरमुकामको मुख्य बसपार्कको सौन्दर्य हरायो

माघ ३ २०७९

ईअस्त्र । केहि बर्ष देखि गोरखा सदरमुकामको मुख्य बसपार्कमा रहेको अलपत्र सुचना पाटि मर्मत सम्भार नहुँदा गोरखा सदरमुकामको विकास भएको जताउने व्यक्ति संस्था तथा नेतृत्वलाई चुनौति दिइएको छ । गोरखामा आउने पर्यटकका लागि बनाईएको उक्त सुचना पाटि केही बर्ष यता जीर्ण तथा अलपत्र अबस्थामा रहेको छ । जीर्ण अबस्थामा रहेको पनि करिब चार बर्ष भईसकेको स्थानियहरु बताउँछन । स्थानियका अनुसार आन्तरिक तथा बाह्य पर्यटकका लागि गोरखाको सामान्य जानकारी अथवा महत्वपुर्ण स्थलहरुको जानकारीका लागि बनाइएको थियो तर सम्बन्धित निकायको सुचना पाटिको आवश्यकता नबुझ्दा उक्त सुचना पाटि अहिले पनि बसपार्क क्षेत्रमा अलपत्र अबस्थामा बसपार्कको सौन्दर्य तथा गोरखा सदरमुकामको नेतृत्व कमजोरी अवस्था दर्शाइ रहेको छ ।

गोरखा बसपार्कमा रहेको सुचना पाटिको महत्व सम्बन्धित निकायलाई नभएता पनि बाहिर बाट आउने पर्यटकका लागि ज्यादै फलदायी भएको स्थानिय बताउँछन । स्थानियका अनुसार पुनः यस सुचना पाटिलाई मर्मत गरि पुनः सञ्चालनमा लेराउँदा बसपार्कको सौन्दर्य बढ्ने साथै आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखाको सुचना प्राप्त गर्न सहज हुने बताउँछन । हाल गोरखामा पर्यटक भित्र्याउने भन्दै विभिन्न क्रियाकलाप गरिएता पनि यस्ता साना–साना कदमले गोरखाको विकासलाई तथा पर्यटकको बृद्धिलाई असर गर्न नसकिएला भन्न सकिन्न । तसर्थ समयमा नै गोरखाका सम्बन्धित निकायलाई विभिन्न गोरखाको हितका लागि ध्यान दिलाउनका गोरखा बासीहरु सक्रियरुपमा लागि रहेका छन ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखाबाट “धर्म नीति आधारित महाअभियान” सुरु हुँदै, शक्तिपीठ र गुरुकुल निर्माणमा जोड

गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा…

56 years ago

गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सम्पन्न, शुक्लागण्डकी (टिम बी) विजेता

गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।…

56 years ago

स्थानीय परिकार र संस्कृतिको प्रवर्द्धन गर्न गोरखामा महोत्सव

गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक…

56 years ago

गोरखामा वैशाख ३ देखि अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता सुरु

गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ।…

56 years ago

गण्डकीमा एसईई २०८२ : ४३ हजार बढी विद्यार्थी सहभागी, कास्की अग्रस्थानमा

चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा…

56 years ago

गोरखामा ‘दोस्रो जेसीज फुटसल प्रतियोगिता २०२६’ आयोजना हुने

गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन र सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै…

56 years ago