सुचना सुर्बब्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवस गोरखामा पहिलो पल्ट मनाइयो

समाचार

बिराज त्रिपाठी
गोरखा, १२ असोज २०७९ । सुचना सुर्बब्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवस को अबसरमा सहज रुपमा सूचना पाउने अवस्था बन्न भैइ रहेका कामहरु तथा अब आउने दिन हरुमा गर्नुपर्ने कामहरुको तर्जुमा गरिएको छ । उक्त कार्याक्रम गोरखा मा पहिलो पल्ट मनाइएको हो । गोरखा जिल्ला प्रसासन कार्यालयको सभाहलमा उक्त कार्यक्रममा भएको थियो ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकलाई सार्वजनीक चासो सूचनाको हकको प्रत्याभूत गरे पनि सूचना लुकाउने प्रवृतिको अन्त्य हुन सेकेको छैन ।

सुचना सुर्बब्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवस को अवसरमा आयोजित कार्यक्रममा गोरखा जिल्ला अधिकारी शन्खर हरि आचार्यले उपस्थित गोरखा जिल्लाका विभिन्न कार्यालयका सुचना अधिकारीहरु लाई सूचनाको हकको प्रयोग गर्दा कर्तब्य नभूल्न सचेत गराए । उनले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् । नागरिकले सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सूचना माग्नु उचित नहुने उनको भनाई छ ।                             

सूचनाको हक सम्बन्धी ऐन २०६४ मा हरेक नागरीकलाई सार्वजनिक महत्वको सूचनामा हक हुने, सूचनाको अद्यावधी गर्नुपर्ने तथा सूचना दिनको लागि हरेक सार्वजनिक निकायले सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने लगायतका व्यवस्था उल्लेख गरेको छ । सूचनाको हक सम्बन्धी नियमावलीमा सूचना प्राप्त र प्रयोग सम्बन्धी कार्यविधी पनि स्पष्ट रुपमा उल्लेख छ । तर, सर्वाजनिक निकायको सूचना सहजै पाउने अवस्था भने छैन ।

सार्वजनीक पदमा बसेकाले नै सूचना लुकाउने गरेको नागरिकको गुनासो छ । त्यसो त कतिपयलाई सूचनाको हकको विषयमा जानकारी छैन भने कोही सूचना माग्ननै जाँदैनन त्यसैले पनि ऐन कार्यान्वयन प्रभावकारी हुन सेकेको छैन । सूचनाको हकमा नागरिकनै सचेत हुनुपर्ने कार्यक्रममा उपस्थित गोरखा पत्रकार महासङ्घका अध्यक्ष नरहरी सापकोटाको भनाइ रहेको थियो ।                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *