Categories: राजनीति

चुनाव आखिर केस्का लागि ? ५ बर्ष भरि मुर्ख बनाउनको लागि

विराज त्रिपाठी 

चुनावका बेलमा सबैजसो दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेन्डा बनाए पनि कार्यान्वयन हुन नसक्दा समस्या बढेको छ । युवाहरू पाए युरोप–अमेरिका, नपाए खाडीका देश जान बाध्य छन् ।

नेपालमा जनता पहिलेको तुलनामा जति शिक्षित भए पनि शिपको कमि तथा देशमा रोजगारको कमि भएकालेे सम्बन्धित निकायको युवा पर्ति कुनै ध्यानाकर्षण भएको छैन । नेपालको कमाईको आधार भनेको धेरै मात्रामा रेमिटान्सको रहेको छ । सरकारले गर्न नसकेर होइन जनता लाई कमाईको स्रोत जानी जानी बनायको जनताको तर्क रहेको छ । हुन पनि किन नहोस् उच्च पद मा रहेका तथा मन्त्रीहरुको भनाइ पनि त्येस्तै रहेको छ ।

घोषणा पत्रमा जे- जे उल्लेख भएता पनि त्येस्को कार्यन्वोयन भने कुनै पनि राजनीतिक पार्टीले गरेको छैन । नेपाल को बर्तमान स्थिति लाई हेर्ने हो भने बिकास भन्नाले बाटो घाटोको निर्माणमा मात्रनै सिमित छ । युवा कहिले सम्म बिदेशीनु पर्ने ?

स्थानीय चुनाब होस् या संसदीय चुनाव  जनता भनेको त्यो समयमा मूर्ख हुने दिन हो । गल्ती कस्को हो ? नेता चुन्न नजान्ने जनता कि ? नया अनुहार नदेखिने युवाको कि ? राम्रो नेता लेर नआउने पार्टी को ? नेपालमा भ्रस्टाचार धेरै नै हुन्छ त्यो सब लाई थाहा नै छ तर प्रमाण छैन । भ्रस्टाचार गर्ने को संख्या नेपालमा कुनै कमि छैन नेता देखि सामान्य सरकारी कर्मचारी । सरकारी मात्र नभई ब्येक्तिगत तर्फ पनि कमि छैन । नेताको आडमा होस् या पैसाको नेपालमा हर राम्रो कामको पछाडि भ्रष्ट पैदा भइ राख्छ । यो लहर अब जरा बनेर रुख भइ सकेको छ ।
हरेक परिवार, समाज तथा ब्येक्ती कहिले बोल्ने कहिले देखाउने । युवा होस् या बुद्ध सबै ब्यरोजगार सेवा सुबिधा सुरक्षा आदि बाट कहिले सम्म बन्चित हुने । येस्को जबाफ कस्ले दिन्छ ? भ्रष्ट नेताले चलायको देशले, नेताले, कर्मचारीले कस्ले ?

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

नागेपोखरी संरक्षण र पर्यापर्यटन प्रवर्द्धनका लागि दुई दिने पदयात्रा सम्पन्न

गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट…

56 years ago

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…

56 years ago

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…

56 years ago

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…

56 years ago

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…

56 years ago

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…

56 years ago