विराज त्रिपाठी
लागूऔषध नियन्त्रण अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको प्रहरी टोलीले गाँजाको बोट नष्ट गरेता पनि गोरखामा लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिहरूलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसीको जतिनै जानकारी आएता पनि अहिले सम्म कुनै अनुगमन तथा कारबाही भने अहिले सम्म हुन सकेको छैन ।
युवाहरु माज अहिले औषधि जन्य सेबन प्रचलित लहेको छ । सेबन गर्दा गन्द नआउने र अरु लागुपदार्थको तुलनामा धेरै नसा लाग्ने हुनाले युवाहरु धेरै सेबन गर्ने गरेको पाईन्छ । समाजमा अहिले लागूऔषधको दुर्बेसनिले गर्दा समाजिक बिकृती तथा युवाको भबिस्य खतरामा परेको छ । केही रकमको लोभमा प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने गरेता भएता पनि औषधि व्यावसायि संघ तथा सम्बन्धित निकायको कुनै चासो देखिदैन । समय समयमा लागूऔषध सम्बन्धि शिक्षा मुलक अभियान चलाय पनि प्रभावकारी भने नभएको देखिन्छ । लागुऔषध कै कारण बेला बेला मा घटना घटि रहेको पनि देखिन्छ ।
बर्तमान समयमा टोल टोल मा देख्न सकिन्छ लागूऔषध प्रयोग गर्ने युवा तर दुर्बेसनीमा परेको युवालाई सुधार गृह नभएको र लागूऔषध बेचबिखन गर्ने व्यावसायि लाइ कारबाही नगरेको आम जनसमुदायको धारणा रहेको छ । अब आउने पुस्ता कस्तो होला भन्ने चिन्ताको विषय रहेको छ ।
