Categories: समाचार

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख माथि कार्यकक्षमै हातपात

गोरखा । गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि कार्यकक्षमै हातपातका साथै कार्यालयमा तोडफोड गरिएको छ ।

मंगलबार बिहान १०/११ जनाको एक समूहले क्याम्पस प्रमुख दुवाडीमाथि कार्यकक्षमै हातपात गर्नुका साथै तोडफोड गरेको हो ।

जनयुद्ध दिवसमा सरकारले दिएको बिदाको विषयमा सामाजिक सञ्जालमा विरोध गरेको भन्दै अखिल क्रान्तिकारीका सोही क्याम्पस इकाइका अध्यक्ष अनिस अर्यालको नेतृत्वमा क्याम्पसमा आएका अन्य अपरिचत व्यक्तिको समूहले कार्यकक्षमा छिरेर एक्कासी हातपात गरेको प्रमुख दुवाडीले जानकारी दिए ।

हातपातपछि उनीहरु मोटरसाइकल चढेर भागेका थिए । हातपात र तोडफोडको घटनाको विरोध तथा दोषी उपर कारबाहीको माग गर्दै द्रव्यशाह क्याम्पस प्राध्यापक संघ, कर्मचारी संघ, स्वतन्त्र विद्यार्र्थी युनियन, नेविसंघ क्याम्पस इकाइ लगायतले विज्ञप्ति जारी गरेका छन् ।

घटनाको विरोधमा प्राध्यापक र कर्मचारीले आज पठनपाठन तथा प्रशासनिक कार्यसमेत बन्द गरेका छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago