राजनैतिक शक्तिको संरक्षणमा क्याम्पस प्रमुख कुट्ने मेयर र जिसस प्रमुखका स्वकियलाई भएन कारबाही

समाचार

गोरखा । राजनैतिक शक्तिको संरक्षणमा जे गर्दा पनि हुने उदाहरण गोरखामा देखाईएको छ । फलस्वरूप द्रब्यशाह बहुमुखी क्याम्पस प्रशासनिक कामका साथै अनिश्चित कालका लागि पठनपाठन बन्द गरिएकाे छ । समाजमा पनि राजनीतिकको खोल ओढेर जसले उग्रता प्रदर्शन गर्छ, उसलाई दण्डित गर्नुको साँटो राजनीतिक पस्मिना ओढाएर प्रोत्साहित गर्ने गरिन्छ । यस्तो जगमा उभिएको राजनीतिको नतिजा कस्तो हुन्छ ? सिधै अनुमान गर्न सकिन्छ ।

जनयुद्धका बारे सामाजिक सञ्जालमा दिएकाे अभिब्यक्तिप्रति असन्तुष्टी जनाउँदै अखिलका अध्यक्ष विष्णु पाण्डे, गोरखा नगरपालिकाका मेयर कृष्ण रानाका स्वकीय सचिव अनिष अर्याल, जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाका स्वकीय सचिव राजन आले लगायत १४, १५ जनाको टोलीले द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीलाई गत फागुन २ गते कार्यकक्षमै पुगेर हातपातसहित ताेडफाेड गरेका थिए । आज ३ दिन बितिसक्दा पनि कुनै ब्यक्ति कारबाहीमा नपरेको हुन्दा स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ती निकाल्दै प्रशासनिक कामका साथै अनिश्चित कालका लागि पठनपाठन बन्द गरिएकाे जनाएकाे छ ।

‘घटनालाई बिभिन्न बाहनाबाजीमा राजनीतिकरण गर्ने, गुपचुप राख्ने, आन्तरिक मेलमिलापको चेष्टा गरेको स्वतन्त्र विद्यार्थी युनियनले बिज्ञप्ती समेत निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख अनुपम श्रेष्ठले जाहेरी आएको र थप प्रक्रिया अघि बढेको बताइए पनि हाल सम्म कुनै कारबाहीमा नपर्दा गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना तथा जिल्ला समन्वय समिती गोरखाका प्रमुख माेहन थापाको नै संरक्षण भएको सन्खा उब्जाएको छ । किनभने दुबै कार्यालयका प्रमुख नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए भने कुटपिट र ताेडफोडकाे संलग्न गोरखा नगरपालिकाका मेयर रानाका स्वकिय सचिव अर्याल अखिल क्रान्तीकारी क्याम्पस इकाई अध्यक्ष समेत हुन । उनले उक्त घटनामा संलग्न हुँदा गोरखा नगरपालिकाको सरकारी मोटरसाईकल प्रयोग गरेकाे खुलेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *