काठमाडौं। म्याकुरीको नामले परिचित हास्य कलाकार पवन खतिवडा मोरङको बेलबारीबाट पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले उनीसहित २ जनालाई नियन्त्रणमा लिएको हो।
मंगलबार राति बेलबारी १ मा रहेको एक होटलमा मादक पदार्थ सेवन गरी सँगै मादक पदार्थ सेवन गरेका बेलबारी ४ का एक युवालाई टाउकोमा प्रहार गरी टाउको फुटाईदिएका थिए।
होटलबाट बाहिर निस्किएर झगडा गरेको प्रहरीलाई स्थानीयले खबर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमलाले नेपाल भ्यूजलाई जानकारी दिएका छन्।
पीडित पक्ष चौकी आएर सहमति नगरेसम्म खतिवडा प्रहरी हिरासतमा हुने जनाइएको छ।
गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट…
पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…
गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…
गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…
गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…
गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…