गोरखामा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा अशान्ति मच्चाउने दुई जना पक्राउ

समाचार

असोज २९ । गोरखामा आइतबार बेलुकि करिब ८ बजे मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा स्थानिय मानिसहरुको ढोका तथा सवारी साधनहरुमा ढुङ्गा हानी, हो-हल्ला गरी अशान्ति मच्चाउने दुई जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठका अनुसार गण्डकी गाउँपालिका वडा नं.१ मकैसिङका २२ बर्षका बिशाल परियार र सोही ठाउँका १८ बर्षका मनोज परियार हुन् ।

उनीहरुलाई प्रहरी चौकी ताङलीचोक गोरखाबाट डिउटीमा खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुले प्रहरीलाई नै अपशब्द प्रयोग गरी गाली गलौज तथा धाक-धम्की दिनुका साथै हातपात समेत गर्न खोजी डिउटीमा बाधा अवरोध पुर्‍याएको समेत प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए ।

उनीहरु विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई उक्त घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *