गोरखामा प्रहरीलाई गाली गलौज गरी डिउटीमा बाधा अवरोध पुर्‍याउने ३ जना पक्राउ

समाचार

गोरखामा प्रहरीलाई गाली गलौज गरी डिउटीमा बाधा अवरोध पुर्‍याउने ३ जना पक्राउ परेका छन् ।

बुधबार करिब ४:४५ बजेको समयमा गोरखा सदरमुकाम स्थित गोरखा न.पा. वडा नं.६ हस्पिटल चोकमा भिमसेन थापा गा.पा. वडा नं.६ अश्राङ बस्ने २० बर्षका प्रेम राना मगर, गोरखा न.पा. वडा नं.३ नारेश्वर बस्ने २९ बर्षका सन्तोष थापा र गोरखा न.पा. वडा नं.८ आर्युवेदिक चोक बस्ने २७ बर्षका शिशिर रानाले मादक पदार्थ सेवन गरी डिउटीमा खटिएका प्रहरीहरुलाई विभिन्न अपशब्द प्रयोग गरी गाली गलौज दुर्व्यवहार गर्नुका साथै सार्वजनिक सडकखण्डमा हो-हल्ला गरी अशान्ति फैलाई डिउटीमा बाधा अवरोध पुर्‍याएको भन्दै पक्राउ गरेको थियो ।

साथै पक्राउ परेका ब्यक्तीहरुलाइ स्वास्थ्य परीक्षणको लागि गोरखा अस्पताल पुर्याउदा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुको अगाडि अपशब्द बोली, वचन गरी दुव्र्यवहार तथा अशान्ति मच्चाएको थियो ।

ऊनीहरुलाई स्वास्थ्य परीक्षण पश्चात गोरखा प्रहरी कार्यालय गोरखाको प्रहरी नियन्त्रणमा कक्षमा ल्याउदा पनि प्रहरी नियन्त्रण कक्षमा डिउटीमा खटिएका महिला प्रहरी कर्मचारीलाई समेत अपशब्द बोली दुर्व्यवहार गरेको हुँदा उनिहरु विरुद्ध आज बिहिवार सार्वजनिक शान्ति विरुद्धको कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *