Categories: समाचार

गोरखाको Police Of The Month प्र.नि. रामजी देवकोटा घोषणा

२०७९ माघ १८

ईअस्त्र न्युज । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने हुन्दा माघ महिनाको Police Of The Month ईलाका प्रहरी कार्यालय आरुघाट गोरखा दरवन्दी भई सोही कार्यालयमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्र.नि. रामजी देवकोटालाई छनोट गरि पुरस्कृत र सम्मान गरेको छ ।

प्र.नि. देवकोटालाई  उत्कृष्ट कार्यको कदर स्वरुप प्रहरी नियमावली २०७१ संसोधन सहितको परिच्छेद १५ को नियम ११७ को देहाय (ख) बमोजिम नगद रु.१,५००।– (पन्ध्र सय) अभिलेखमा जनिने गरी बिहीबार एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय गोरखाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले प्रहरी निरीक्षक रामजी देवकोटालाई २०७९ साल “माघ” महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) घोषणा गरि पुरस्कृत र सम्मान गर्नुभएको हो ।

प्र.नि. देवकोटाले तोकिएको जिम्मेवारी तथा पदिय दायित्वलाई उच्च अनुशासनमा रही ईमान्दारी तथा कर्तव्य निष्ठ भई निर्वाह गर्नुका साथै नेपाल सरकारद्धारा संरक्षित जडिबुटीहरु जस्तै (पाँच औले ५ के.जी. ६५० ग्राम, चिराईतो ४० के.जी. कुट्की ५२३ के.जी., अल्लो ७० के.जी., वन लसुन ४६ के.जी. सतुवा ४२ के.जी.) को चोरी निकासी तथा पैठारी गर्ने ४ जना व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल रहेको, अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धान कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरी समाजमा शान्ती सु-व्यवस्था कायम राखि प्रहरी कर्मचारीहरुको परिचालन, रेखदेख एवं नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत टोल, समाज, विद्यालय सम्पर्क कार्यक्रम, खबर संकलन तथा अपराध रोकथाम, लागु औषध नियन्त्रण, आत्महत्या न्युनिकरण तथा समाजमा आमा समुहको भुमिका सम्बन्धी बिषयमा विभिन्न समयमा कक्षा संचालन गरी जनचेतना फैलाउन सहयोग गर्नुका साथै स्थानिय निकायसंग समन्वय गरी आरुघाट बजारमा ४ वटा सि.सि.टि.भी. क्यामरा जडान तथा मर्मत गरी बजार व्यवस्थापनमा सहयोगी भुमिका निर्वाह गरेको हुँदा प्र.नि. देवकोटालाई पुरस्कृत गर्दा कार्य सम्पादनको स्तर अझै बढ्नुको साथै अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गई कार्यसम्पादनमा अझ बढी प्रभावकारीता आउने भएकाले २०७९ साल “माघ महिना” को उत्कृष्ट प्रहरी कर्मचारी (Best Police Of The Month) घोषणा गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्र.ना.उ. लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago