फाल्गुन २९ । जिल्ला प्रहरी कार्यालय गोरखा बाट प्र.नि.हिमनाथ घिमिरे सहितको प्रहरी टोलीले आशिष फर्निचर उद्योगमा अवैध रुपमा साल जातको काठहरु लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा खनतलासी गर्दा फर्निचर उद्योगमा अबैध साल जातको जस्तो देखिने गोलिया काठ थान-४९ र विभिन्न नापका चिरान काठ थान-११९ फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
करिब ६ बजे गोरखा नगरपालिका वडा नं.३ नारेश्वर चिसापानी स्थित नर बहादुर सुनारको छोरा बर्ष ४२ को आसकुमार सुनारले संचालन गरेको आशिष फर्निचर उद्योगमा अवैध रुपमा साल जातको काठहरु लुकाई छिपाई राखेको भन्ने गोप्य सुचना आएको जिल्ला प्रहरी कार्यालयका प्र.ना.उ लिलाराज लामिछानेले जानकारी दिएको हो ।
सथै फर्निचर उद्योग संचालक नर बहादुर सुनार सहित आसकुमार सुनार समेतलाई नियन्त्रणमा लिई आजै आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय गोरखामा पठाईएको समेत कार्यालयले जानकारी दिइएको छ ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…