गोरखा, चैत १३ गते । दरौंदी नदिको किनारबाट अवैध रुपमा ढुङ्गा, बालुवा उत्खनन् गर्ने ब्याकहो लोडर सहित चार टिप्फरलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखा जिल्लाको गोरखा नगरपालिका १० स्थित दरौंदी नदिबाट अवैध उत्खनन गर्ने चार टिपर सहित एउटा ब्याकहो लोडरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बा. २ क. ८२४७, एउटा अन टेस्ट ब्याकहो लोडर, ग. १ ख. ८२२५, ग. १ क. ३२९० र बा. ५ ख. २७८७ नम्बरको टिप्परहरुलाई दरौंदी नदिबाट ढुङगा र बालुवा लोड गर्दैगर्दा प्रहरी चौकी बाह्रकिलो र अस्थायी प्रहरी पोष्ट छेवेटार गोरखाबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाकासूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
नियन्त्रणमा लिइएका चार टिपर सहित एउटा ब्याकहो लोडरलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा राखिएको छ । श्रेष्ठले बताए।
