२२ वैशाख २०८०
विराज त्रिपाठी
प्रसिद्ध धार्मिक स्थल गोरखनाथ गुफामा आज देखि जेठ १ गतेसम्म चल्ने २० औँ सवालाख रोट महोत्सव सुरु भएको छ । रथ यात्रामा एकसय आठ कन्याहरू, नाथयोगी, भक्तजन लगायतको सहभागितामा गोरखाको सिद्धाश्रम शक्ति केन्द्रबाट बिहान ९ बजे देखि सुरुवात गरिएको यात्रामा बाजागाजासहित गोरखा बजारबाट गोरखनाथ मन्दिरसम्म रथयात्रा गरिएको छ ।
सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा हरेक बर्ष गोरखामा गुरु गोरखनाथ प्रकट भएको दिनको अबसरमा आज बाट सुरुवात भएको सवालाख रोट महोत्सवमा गुरु गोरखनाथको बिशेष पूजासहित रोट चढाउने, देवी देवताको पूजा, बिशेष हवन, भजनकीर्तन लगायतका गतिविधिहरु गर्ने गरिन्छ ।
भक्तजनहरुले गोरखनाथलाई खुशी बनाउन गोरखा दरबारमा रहेको गोरखनाथ मन्दिरमा गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने खाद्य वस्तुको रुपमा गहुँ, जौ र धेरैजसो चामलको पिठोमा विभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाइन्छ। रोटमा जाइफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाइन्छ। नाथहरु शुद्ध भइ पिठोमा किसमिस मिसाएर रोटलाई स-सना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छन्।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…