Categories: समाचार

गोरखामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ५ जना घाईते

२०८०।०१।०१

गोरखा गण्डकी गा.पा. वडा नं.६ घौचुर स्थित २०८०।०१।३१ गते आइतबार कच्ची सडकखण्डमा काठमाण्डौबाट घौचुर तर्फ आई रहेको बा. ०१-०२५ च. ६२०४ नं.को बलेरो जिप करिब ९ बजेको समयमा सडकबाट करिब ७० मिटर तल खस्दा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएको छ ।

दुर्घटनामा गण्डकी गा.पा. वडा नं.६ मा बस्ने बर्ष ७७ की कनमाया आले, बर्ष ७८ को धन बहादुर आले, बर्ष ८१ को तिर्थ बहादुर आले, बर्ष ७२ को पुर्ण बहादुर थापा, बर्ष ६५ की गंगा माया थापा र बर्ष ७८ की किर माया आले गरी ६ जना घाईते भएको हो।

त्यस्तै उपचारको क्रममा घाईतेहरु मध्ये किर माया आलेको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने अन्य घाईतेहरु ५ जनाको चितवन मेडिकल कलेज भरतपुर चितवनमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उक्त दुर्घटना भएको बा. ०१-०२५ च. ६२०४ नं.को बलेरो जिप चालक गोरखा गण्डकी गा.पा. वडा नं.६ बस्ने बर्ष ४३ को केहर सिं थापालाई नियन्त्रणमा लिई उल्लेखित घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गोरखामा थप अनुसन्धान कार्य भई रहेको प्र.ना.उ. लिलाराज लामिछानेले जानकारी दिनुभएको हो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

२०७४ सालदेखि निरन्तर पूर्णखोप सुनिश्चितता कायम गर्दै आएको गोरखा पुनः घोषणा

गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।…

57 years ago

डोल्पामा बोलेरो दुर्घटना : एकको मृत्यु, १३ घाइते

२१ असार २०८३ । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको…

57 years ago

हिंस्रक ध्रुवे फेरि बस्तीमा, आमाछोरासहित २५ जनाको ज्यान लियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’को आक्रमणमा भरतपुर महानगरपालिका–२३ की २१…

57 years ago

छोराको कुटाइबाट धादिङमा बुवाको मृत्यु, अभियुक्त पक्राउ

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–४ यार्सा टोलमा आफ्नै छोराको कुटाइबाट ६० वर्षीय धननारायण सुनारको मृत्यु…

57 years ago

एम्बाप्पेको पेनाल्टी गोलमा फ्रान्स क्वाटरफाइनलमा

२१ असार २०८३ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ मा फ्रान्सले पाराग्वेलाई १–०…

57 years ago

मोरक्को क्यानडामाथि ३–० को जितसहित क्वाटरफाइनलमा

२१ असार २०८३ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ मा मोरक्कोले क्यानडालाई ३–०…

57 years ago