बिराज त्रिपाठी
२९ फागुन २०७९ । गोरखा सदरमुकाम स्थित विसौनी मोडमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने सात जना गम्भिर घाइते भएका छन् । दुर्घटना पश्चात् उपचारको लागि जिल्ला अस्पताल गोरखा पठाईएकोमा उपचारको क्रममा एक जनाको मृत्यू भएको हो। मृत्यु हुनेको परिचय भने अहिले सम्म हुन सकेको छैन ।
गोरखा नगरपालिका ६ बिसौनीमोडमा गोरखा बसपार्कबाट आबुखैरेनी तर्फ आउदै गरेको प्र.३-०१-००३ क ६१७० नं फलफुल बोकेको मिनीट्रक अनियन्त्रित भई बिपरित दिशाबाट आउदै गरेको बा ८६ प १७८५ नं मो.सा.तथा बाटोमा रहेका पैदलयात्री समेतलाई लछारी सडक देखी अ.२० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा निम्न :-
१) जिल्ला गोरखा शहिदलखन गाउँपालिका ७ घर भई हाल गो.न.पा.९ बस्ने बर्ष ३० की रमला राना मगर ।
२) जिल्ला गोरखा शहिदलखन गाउँपालिका बस्ने बर्ष ५९ को लाल बहादुर गुरुङ ।
३) जिल्ला गोरखा गोरखा नगरपालिका १० बस्ने बर्ष ४० की साबीत्री बि.क. ।
४) जिल्ला गोरखा शहिदलखन गाउँपालिका बस्ने बर्ष ६८ को नारायण भुजेल ।
५) जिल्ला बर्दिया स्थाई वतन रहेका बर्ष २८ को मंगल चौधरी ।
६) जिल्ला दोलखा स्थाई वतन रहेका बर्ष ३२ को बिष्णु खड्का ।
७) वतन नखुलेका बुद्दी बहादुर नेपाली ।

उल्लेखित घाईतेहरु मध्ये सि.न. ४ का घाईतेको जिल्ला अस्पताल गोरखामा उपचार भईरहेको र अन्य घाईतेहरुलाई थप उपचारको लागि भरतपुर मेडिकल कलेज पठाईएको छ । मृतक लास जिल्ला अस्पताल गोरखामा रहेको सनाखत हुन बाकी रहेको दुर्घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्र.ना.उ. लिलाराज लामिछानेले जानकारी दिनु भयो ।
सवारी दुर्घटना भएको समय नवित्दै गोरखामा कार्यरत नेपाली सेना, प्रहरी तथा शसस्त्र प्रहरी घटना स्थिलमा पुगेको थियो ।
