गोरखा, मङ्सिर १६ २०८० । शनिबार बिहान करिब १०:३० बजे शहिदलखन गा.पा. वडा नं.३ सिलिङ स्थित ढुङ्गा लोड गरी सिलिङबाट मझुवादेउराली तर्फ आउँदै गरेको ध. १ त. १२५ नं.को ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्न जाँदा उक्त ट्रयाक्टरमा सवार जिल्ला गोरखा गण्डकी गा.पा. वडा नं.३ बस्ने २९ बर्षको पदम बहादुर थापा, शहिदलखन गा.पा. वडा नं.३ बस्ने २६ बर्षको राम बहादुर आले र जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. वडा नं.३ बस्ने २५ बर्षको प्रदिप अर्याल घाईते भएका थिए ।
दुर्घटनामा परी घाइते हुनेहरुलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो । घाइतेहरु मध्य उपचारको क्रममा पदम बहादुर थापाको ११:०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ भने अन्य घाईतेहरुको उपचार भई रहेको छ ।
साथै घटना सम्बन्धि ट्रयाक्टर चालक गोरखा न.पा. वडा नं.१३ बस्ने ३४ बर्षको बिश्वास गुरुङलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान कार्य भई रहेको समेत प्रहरीले जनाएको छ ।


