गोरखामा हो-हल्ला अशान्त गर्ने तथा प्रहरीलाई समेत गाली गलौज गरी डिउटीमा बाधा अवरोध पुर्याउने विभिन्न स्थान बाट ५ जना पक्राउ गरिएको छ ।
गोरखा न.पा. वडा नं.८ बराह स्थितमा डिउटीमा खटिएका प्रहरी टोलीले गोरखा न.पा. वडा नं.५ बस्ने बर्ष ३४ को राम कुँवर, न.पा. वडा नं.८ बस्ने बर्ष ३३ को अजय गुरुङ र न.पा. वडा नं.४ बस्ने बर्ष ३१ को दिनेश थापालाई मादक पदार्थ सेवन गरी हो-हल्ला अशान्ति मच्चाई रहेको अवस्थामा फेला पारी सोधपुछ तथा सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई नै अपशब्द प्रयोग गरी तथानाम गाली गलौज तथा धाक-धम्की दिई डिउटीमा बाधा अवरोध पुर्याएको हुँदा पक्राउ गरेको हो ।
त्यस्तै गोरखा बारपाक सुलिकोट गा.पा. वडा नं.४ घुनचोक स्थितमा सिमथली बस्ने बर्ष २५ को काजी मग्रातीलाई ईलाका प्रहरी कार्यालय जौबारी गोरखाबाट खटिई गएको प्रहरी टोली शंकास्पद अवस्थामा फेला पारी सोधपुछ गर्दा निज काजी मग्रातीले डिउटीमा खटिएका प्रहरी टोलीलाई अपशब्द प्रयोग गरी गाली गलौज तथा धाक-धम्की दिई डिउटीमा बाधा अवरोध पुर्याएको हुँदा मग्रातीलाई पक्राउ गरेको छ ।
साथै गोरखा अजिरकोट गा.पा. वडा नं.५ बस्ने बर्ष २२ को अनिल बि.क.ले सिरानचोक गा.पा. वडा नं.८ जौबारी स्थितमा रहेको जौबारी प्राथिमक स्वास्थ्य केन्द्रको कार्यालयमा स्टाफ कोठाको ढोकाहरुमा ढकढकाई, स्टाफहरुलाई हातपात गर्न खोजेको घटनामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…