साउन ५ । गोरखा सदरमुकाम नजिकै गोरखा नगरपालिका वडा नं.१० स्थित छेवेटार महादेवटारमा एक जनालाई चार जना समुहले लात्ती, मुक्का र ढुङ्गा समेतले प्रहार गरी घाईते बनाएको आरोपमा चार जनालाई पकाउ गरेको छ ।
साउन ३ गते बुधबार गोरखा पालुङटार न.पा. वडा नं.१० मिरकोट स्थायी बसोबास गर्ने ३६ बर्षका बुद्धिमान लामालाई करिब बेलुकाको ८ बजे गोरखा नगरपालिका वडा नं.९ लक्ष्मीबजार बस्ने २६ बर्षका सन्तोष बस्नेत, सोही ठाउँका २४ बर्षका राजन कुँवर, गोरखा नगरपालिका वडा नं.१० बस्ने २६ बर्षका विवश बानिया र वडा नं.४ फिनाम घर भइ गोरखा नगरपालिका वडा नं.१० बस्ने २७ बर्ष दिवस बानियाको समुहले गाली गलौज, धाक-धम्की दिनुका साथै लात्ती, मुक्का र ढुङ्गा समेतले प्रहार गरी घाईते बनाएको प्रहरी नायब निरीक्षक तथा सूचना सम्प्रेषण अधिकारी रमेश कुमार श्रेष्ठले ईअस्त्र न्युजलाइ जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घटनाका दोषीहरुलाई पीडित मार्फत जाहेरी दर्खास्त प्राप्त अनुसार पक्राउ गरि (आज)शुक्रबार अभद्र व्यवहार गर्न नहुने कसूर शीर्षकमा मुद्दा दर्ता गरी उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइ रहेको जनाएको छ ।
