२०८० जेठ १२, गोरखा । श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मृतकको आफन्तद्धारा जाहेरी दरखास्त दिए पस्चात बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ स्थित रातमाटेका २४ बर्षका सुनिल गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन ।
मिति २०८० जेठ १० गते गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ रातेमाटे स्थित जंगलमा २४ बर्षकी रोशनी गुरुङ चिलाउनेको रुखमा नाम्लोको डोरीले पाँसो लगाई झुण्डि मृत अबस्थामा फेला परेको थियो । पक्राउ परेका सुनिल गुरुङ मृत रोशनी गुरुङकी श्रीमान हुन् ।
त्यस्तै २०८० जेठ ११ गते विहीबार सुनिल गुरुङ विरुद्ध आत्महत्या गर्न दरुत्साहन दिन हुने कसुरमा पक्राउ गरी मिति २०८० जेठ १२ गते शुक्रबार जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई घटनाको थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइएको छ ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…