श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न दुरुत्साहन गराएको भन्दै श्रीमान पक्राउ

अपराध सामाजिक

२०८० जेठ १२, गोरखा । श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मृतकको आफन्तद्धारा जाहेरी दरखास्त दिए पस्चात बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ स्थित रातमाटेका २४ बर्षका सुनिल गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन ।

बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ स्थित रातमाटेका २४ बर्षका सुनिल गुरुङ

 

मिति २०८० जेठ १० गते गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ रातेमाटे स्थित जंगलमा २४ बर्षकी रोशनी गुरुङ चिलाउनेको रुखमा नाम्लोको डोरीले पाँसो लगाई झुण्डि मृत अबस्थामा फेला परेको थियो । पक्राउ परेका सुनिल गुरुङ मृत रोशनी गुरुङकी श्रीमान हुन् ।

त्यस्तै २०८० जेठ ११ गते विहीबार सुनिल गुरुङ विरुद्ध आत्महत्या गर्न दरुत्साहन दिन हुने कसुरमा पक्राउ गरी मिति २०८० जेठ १२ गते शुक्रबार जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई घटनाको थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *