अजिरकोट गाउँपालिका–३ भच्चेकमा बृहत स्वास्थ्य शिविर संचालन हुने भएको छ । नेपाली सेनाको नम्वर ३ बाहिनी अड्डाको संयोजन, अजिरकोट गाउँपालिका र रिपुमर्दन गणको संयुक्त आयोजना तथा सैनिक अस्पताल पोखरा, जिल्ला अस्पताल गोरखा, जिल्ला स्वास्थ्य कार्यालय र गोरखा लायन्स आँखा सेवा केन्द्रको संयुक्त सहकार्यमा शिविर हुन लागेको हो ।
जेठ १९ र २० गते शिविर संचालन हुने छ । गाउँपालिका तथा इलाका आसपास बसोबास गर्ने विपन्न समुदायका सर्वसाधारण नागरिक, नेपाली सेनाबाट अवकाश प्राप्त भूपू सैनिक तथा तिनका आश्रित परिवारहरुलाई लक्षित गरी शिविर संचालन गर्न लागिएका रिपुमर्दन गणका गणपती हेम बिष्टले बताए । शिविरमा स्त्री रोग, दन्त रोग, हाड जोर्नी, नाक÷कान÷घाटी, आँखा सम्बन्धि रोग, चर्म रोग, जनरल ओपीडी तथा अन्य विविध रोगहरुको चेकजाँच हुने बताइएको छ । शिविरमा नेपाली सेना तथा जिल्ला अस्पताल गोरखाका बिशेषज्ञ डाक्टर तथा सहयोगीको रुपमा अन्य डाक्टरहरुले समेत स्वास्थ्य परिक्षण गर्नेछन् । नेपाली सेना र जनताबीचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले स्वास्थ्य शिविर गर्न लागिएको विष्टले जानकारी दिए ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…