गोरखा । दुईलाख रकम खर्चेर गोरखा नगरपालिकाले गोरखा सदरमुकाम स्थित प्रतिक्षालय चोक देखि शहिदगेटसम्मको मुख्य सडकको दायाँवाया र ठुलोआँगनको केही भागमा गमला राखिएको छ ।
हरियाली शहर प्रवद्र्धन कार्यक्रम अन्तरगत विनियोजित भएको दुई लाख रकमले कुल ७५ वटा धुपीको बिरुवा रोपिएका गमला राखिएको नगरपालिका वातावरण अधिकृत धु्रवप्रसाद घिमिरेले जानकारी दिनु भयो ।
नगरपालिका वातावरण अधिकृत घिमिरेका अनुसार उक्त गमला गोरखा नगरपालिका वडा नं १२ बाट खरिद गरिएको र धुपीको विरुवा चितवनबाट ल्याइएको हो । एउटा गमलाको १७ सयसम्म परेको र बिरुवाको प्रतिगोटा एकसय ५० रुपैया परेको साथै सानो विरुवा हुर्काउन गाह्रो हुने भएकाले हुर्किएको ठूलो विरुवा ल्याइएका उहाले जानकारी दिनुभयो ।
बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएको विरुवा र गमलाको सुरक्षाका लागि सम्बन्धित टोल विकास संस्थासँग छलफल समेत भइरहेको बताइएको छ ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…