दुईलाख रकम खर्चेर गोरखा नगरपालिकाले राख्यो गमला

सामाजिक

गोरखा दुईलाख रकम खर्चेर गोरखा नगरपालिकाले गोरखा सदरमुकाम स्थित प्रतिक्षालय चोक देखि शहिदगेटसम्मको मुख्य सडकको दायाँवाया र ठुलोआँगनको केही भागमा गमला राखिएको छ ।

हरियाली शहर प्रवद्र्धन कार्यक्रम अन्तरगत विनियोजित भएको दुई लाख रकमले कुल ७५ वटा धुपीको बिरुवा रोपिएका गमला राखिएको नगरपालिका वातावरण अधिकृत धु्रवप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

नगरपालिका वातावरण अधिकृत घिमिरेका अनुसार उक्त गमला गोरखा नगरपालिका वडा नं १२ बाट खरिद गरिएको र धुपीको विरुवा चितवनबाट ल्याइएको हो । एउटा गमलाको १७ सयसम्म परेको र बिरुवाको प्रतिगोटा एकसय ५० रुपैया परेको साथै सानो विरुवा हुर्काउन गाह्रो हुने भएकाले हुर्किएको ठूलो विरुवा ल्याइएका उहाले जानकारी दिनुभयो ।

बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएको विरुवा र गमलाको सुरक्षाका लागि सम्बन्धित टोल विकास संस्थासँग छलफल समेत भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *