आर्थिक

आ.ब. २०८०/८१ को लागि गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट(पूर्णपाठ)

गोरखा । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रवार प्रदेश सभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरे ।

कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख (३८ दशमलव १ प्रतिशत) र पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख रुपैयाँ (६० दशमलव ४ प्रतिशत) विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ (१ दशमलव ५ प्रतिशत) छुट्याइएको छ ।

बजेटले कृषि, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधालाई पहिलो प्राथमिकतामा राखेको छ । डायलासिसको प्रतिक्षामा रहेकाको सङ्ख्या शून्यमा पुर्‍याउने उद्देश्य प्रदेश सरकारले लिएका छ । सरकारले क्यान्सर पीडितलाई एक लाख रुपैयाँसम्म सहायता दिने घोषणा गरेको छ । आउँदो आर्थिक वर्षभित्र प्रदेशलाई ‘उज्यालो गण्डकी’ घोषणा गर्ने सरकारको लक्ष्य छ ।

सरकारले भौतिक पूर्वाधार शीर्षकमा ११ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आउँदो वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण हुने बजेट वक्तव्यमा उल्लेख छ । पुँजीगत शीर्षकमा विनियोजन भएको २० अर्ब १९ करोड रुपैयाँ बजेटको ठूलो हिस्सा पूर्वाधार मन्त्रालयले पाएको छ ।

प्रदेशको आम्दानीमा सङ्घ सरकारबाट ससर्ततर्फ चार अर्ब ९४ करोड १५ लाख, समानीकरणतर्फ सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट नौ अर्ब पाँच करोड ३२ लाख, समपूरकतर्फ ८४ करोड र विशेष अनुदानतर्फ ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । बजेटमा आन्तरिक राजस्व पाँच अर्ब १६ करोड ९१ लाख ८४ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो ।

Gandaki Budget बजेट-बक्तव्य-२०८०.८१

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago