आर्थिक

क्रसर उद्योग व्यवसायीद्धारा बालुवा र गिट्टीको बिक्री वितरणमा रोक

प्रतिक्षा आले मगर

१६ असार । गण्डकी क्रसर उद्योग व्यवसायी संघले शनिबार पत्रकार सम्मेलन गरी शनिबार देखि बालुवा र गिट्टीको बिक्री वितरणमा रोक लगाएका छन् ।

सरकारले लामो समयदेखि क्रसर उद्योग नवीकरण रोकेर अन्यायपूर्ण व्यवहार गरेको भन्दै व्यवसायीले आजदेखि सम्पूर्ण बिक्री रोकेका हुन् । नेपाल क्रसर तथा खानी उद्योग महासङ्घका अध्यक्ष सिताराम न्यौपानेले सरकारले आफूहरु विरुद्ध गरेको ज्यादतीको विरोधमा सम्पूर्ण बिक्री रोकेको जानकारी दिनुभयो ।

मन्त्रालयको उक्त निर्णयपछि व्यवसायीसँगको छलफलका क्रममा गत वर्षको फागुन १५ गते बसेको बैठकले एउटा मापदण्ड बनाएर अघि बढ्ने सहमति बनेको थियो । तर, सोअनुसार सरकारले मापदण्ड बनाउन नसकेपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको उहाँको भनाई छ । सरकारले विभेदपूर्ण व्यवहार गर्दै २०७२ सालदेखि देशभरका क्रसर उद्योग नवीकरण गर्न समेत नपाएको व्यवसायीको गुनासो छ । आफूहरूले राज्यलाई कर तिर्न नवीकरणको माग गर्दा समेत बेवास्ता भएका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

सरकारले २०७७ मा जारी गरेको ‘ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड’ अनुसार खोला वा नदी किनार, पक्की पुल र राजमार्गको ‘राइट अफ वे’ र ऐतिहासिक ताल, तलैया, र जलाशयबाट पाँच सय मिटर टाढा मात्र क्रसर दर्ता गरेर उद्योग चलाउन पाइन्छ ।

त्यस्तै घना बस्ती, वन, निकुञ्ज र आरक्ष, अन्तर्राष्ट्रिय सीमा, शिक्षण संस्था, धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका स्थान र सुरक्षा निकायका कार्यालयबाट २ किलोमिटरभित्र क्रसर उद्योग चलाउन नपाइने नियम छ । विद्युत प्रसारण लाइनबाट २ सय मिटर र चुरे पहाडको फेदीबाट १५ सयमिटरभित्र पनि क्रसर उद्योग चलाउन पाइँदैन ।

तर गण्डकी प्रदेश भित्र संचालित कयौं क्रसर उद्योगले यी मापदण्ड पूरा गरेका छैनन् । विद्युत हाइटेन्सन पोल तथा जलाशय नै धरापमा पर्ने गरी दर्जनौं क्रसर उद्योग सञ्चालनमा छन् । मापदण्डविपरीत खुलेका ती क्रसर उद्योग बन्द गर्न नियामक निकाय नै असफल छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…

56 years ago

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…

56 years ago

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…

56 years ago

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…

56 years ago

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…

56 years ago

घाटु नाचले गोरखा गुञ्जायमान, संरक्षणमा चुनौती

गोरखा । गोरखाका मगर र गुरुङ समुदायमा प्रचलित ऐतिहासिक घाटु नाच यतिबेला गाउँबस्तीमा पुनः जीवन्त…

56 years ago