असार २४ । गोरखामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सिरानचोक गाँउपालिका वडा नं. ३ पात्ले पानीका २१ वर्षीय सविन थापा रहेका छन् । थापाले सोही ठाँउकी १७ वर्षीय नाबालिकालाई गत असार ८ गते जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
जबरजस्ती करणी गरेको भनि जाहेरी दरखास्त भएको आधारमा उनलाई हिजो पक्राउ गरिएको गोरखाका प्रहरी नायब निरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उनी विरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी सोही मितिबाट लागु हुने गरी आज जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…