गोरखामा सुस्त मनस्थिती भएकी महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

समाचार

गोरखा, वैशाख ११ । गोरखा जिल्लाको पालुङटार नगरपालिका–८ मा सुस्त मनस्थिती भएकी एक महिलामाथि जबरजस्ती करणीको आरोपमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्राप्त जानकारी अनुसार, पीडित ३३ वर्षीया महिला (नाम परिवर्तन: ध. कुमारी) लाई यही वैशाख ९ गते दिउँसो ४:३० बजे स्थानीय जंगलमा जबरजस्ती करणी गरिएको भन्ने उजुरी पीडितकी आफन्तमार्फत प्राप्त भएको हो।

उक्त आरोपमा प्रहरीले सोही वडामा बसोबास गर्ने ४३ वर्षीय राजु नेपाली (उपनाम पोडे) लाई वैशाख १० गते निजकै घरबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका नेपालीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति लिई हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *