गोरखामा जबरजस्ती करणी गरेको आरोपमा थापा पक्राउ

अपराध समाचार

असार २४ । गोरखामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा सिरानचोक गाँउपालिका वडा नं. ३ पात्ले पानीका २१ वर्षीय सविन थापा रहेका छन् । थापाले सोही ठाँउकी १७ वर्षीय नाबालिकालाई गत असार ८ गते जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

जबरजस्ती करणी गरेको भनि जाहेरी दरखास्त भएको आधारमा उनलाई हिजो पक्राउ गरिएको गोरखाका प्रहरी नायब निरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनी विरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी सोही मितिबाट लागु हुने गरी आज जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *