साउन २६ । शालिग्राम करिडोर सडक खण्ड अन्र्तगत तनहुँ जिल्ला ऋषिङ्ग गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने ज्वाला खोलामा निर्माण भएको मोटरेवल पुलको शुक्रवार गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको छ ।
२ करोड ९६ लाखमा निर्माण भएको उक्त पुल उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश सरकारले सर्वसाधारण नागरिकको माग र आवस्यकतालाई ध्यान दिएर भौतिक पूर्वाधार सँगै शालिग्राम करिडोर आसपासका सुख्खा फाँटमा सिंचाईको सुविधा पुर्याउने गरी कार्यक्रम संचालन गर्न लागेको बताउनुभयो ।
साथै उहाँले तनहुँको ऋषिङ्ग गाउँपालिकाको पिपलटार र नवलपुरको अत्रौली जोड्ने गरी कालीगण्डकी नदीमा पुल निर्माण गर्ने गरि गण्डकी प्रदेश सरकारले चालु वर्ष बजेट बिनियोजन गरेको बताउनुभयो । प्रदेश सरकार अन्र्तगतका योजनाहरुको सफल कार्यन्वयनकालागि स्थानीय तह, उपभोक्ता सबैलाई गुणस्तरीय काम हुने गरी छिटो सम्पन्न गर्ने तर्फ ध्यान दिन मुख्यमन्त्री ज्यूले अनुरोध गर्नुभयो ।
गण्डकी प्रदेश सरकारले पुल निर्माण गरिदिएपछि दैनिक कामकाज सहज भएको भन्दै स्थानीयले खुसी ब्यक्त गरेका थिए ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…