Categories: समाचार

गोरखा सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण सास्तीमा

बिराज त्रिपाठी, साउन २८ । गोरखा जिल्ला सदरमुकाम गोरखा नगरपालिकामा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बजार क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ ।

गोरखा सदरमुकाममा केही समय बालेन बाट प्रभावित भएर गोरखा बजारका केही होटेलहरुले शौचालयको ब्यबस्था गरिएता पनि हाल सो सेवाको चर्चा तथा उपयोग भने भएको छैन । सर्बसाधरणहरु होटेलमा शौच गर्न जादा केहि किन्नु पर्ने कि खाजा, चिया खानु पर्ने बाध्यता भएको गुनासो सर्वसाधारणले सुनाउछ्न ।

गोरखा नगरपालिका–९, लक्ष्मिबजार र गोरखा नगरपालिका–१२, कुन्दुर मा आइएनजिओ सिआरएसले निर्माण गरेको सार्बजनिक शौचालय पनि प्रयोग हुन सकेको छैन र सदरमुकाम नजिक पनि छैन ।

गोरखा सदरमुकाममा नै सार्वजनिक शौचालय नहुदा गोरखा जिल्ला कै लाजमर्दो उदाहरण भएको सर्बसाधरणहरु सुनाउछन् । सर्वसाधारणहरुले बजार बाट गाउँ जान दुई ओटा बसपार्क हुँदा पनि बसपार्क परिसर अथवा नजिक कतै पनि सार्वजनिक शौचालय नहुदा गाउँ जाने सर्वसाधारणले धेरै नै सास्ती भोग्नु परेको किस्साहरु सुनाउने गर्छ्न । किस्साहरुमा रमाइलो तरिकाले भनिएता पनि सामान्य शौच गर्ने शौचालय नहुदा गोरखा सदरमुकाम कै बिजोग देखिन सकिन्छ ।

गोरखामा दिनहुुँ जसो आन्तरिक तथा बाह्य पर्टकहरु आउने गर्छ्न । गोरखामा पर्यटकहरु हिड्ने तथा साइकल यात्रा गर्नेको संख्या धेरै नै हुने गर्दछ । पर्यटकहरु पनि शौच गर्न होटेलको नै प्रयोग गर्न बाध्य भएको पर्यटकहरूको भनाइ रहदै आएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago