असोज १ । दरौदी प्रकाशन समूहद्धारा प्रकाशित गोरखाको पहिलो दैनिक पत्रिका दरौदी दैनिक पत्रिकाले २५ औं बर्ष पुरा गरि २६ औ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिक उत्सव मनाएको छ ।
दरौदी दैनिकका सम्पादक शिव उप्रेतीको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रमका बीच दरौदी दैनिक पत्रिकाले आफनो वार्षिक उत्सव मनाएको हो ।
२०५५ सालमा पाक्षिक रुपमा प्रकाशन हुदै आएको दरौदि पत्रिका २०६७ साल असोज १ गतेबाट दैनिक बनेको थियो ।
त्यस्तै गोरखाको ज्येष्ठ पत्रिकाको वार्षिक उत्सवको अवसर पारेर पत्रकारितामा अब आउने चुनौतीहरु र पत्रकारहरुले गर्नुपर्ने कर्तव्यहरुको बारेमा समेत छलफल भएको थियो । कार्यक्रममा गोरखाका नयाँ पत्रकारिता गर्दै आएका युवाहरुलाई धेरै संघर्ष गरि विभिन्न संचार माध्यमबाट गोरखालाई सूचनाको हकबाट बन्चित हुन बाट जोगाउदै आएका पत्रकारहरुले अनुभवहरु सुनाएर युवा पत्रकारहरुलाई दिशा निर्देश समेत गराएर कार्यक्रमलाई सफल बनाइएको थियो ।
साथै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगर, गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगर, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल समाजवादी पार्टीकी केन्द्रिय पुर्णमाया वन्त, नेपाल बार एशोसिएसनका अध्यक्ष यादव शर्मा, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, मानव अधिकार सन्जालका अध्यक्ष यदु अधिकरी, गैरसरकारी संस्था महासंघका उपाध्यक्ष हरि देवकोटा, द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडी, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल, पत्रकार महासंघका पुर्व अध्यक्ष भिमलाल श्रेष्ठ लगायतको कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…